‘बगान’बोकेर पोखरा आईन करिश्मा
एकल आमा र शिक्षालाई ‘बगान’ चलचित्रमा जोडेका छौं: निर्देशक खनाल
पाेखरा | असार २४, २०८०
पोखरा: बगान चलचित्रका निर्देशक सरोज खनालले यसपटक चलचित्रमा पुरुषको दबदबा भएको देशमा एकल आमा नारी र शिक्षालाई लिएर चलचित्र तयार गरेको बताएका छन् ।
चितवन, बुटवल हुँदै पोखरा आइपुगेको बगान टिमले पत्रकारहरुसँग कुराकानीको क्रममा चलचित्रका निर्देशक खनालले यस्तो बताएका हुन् । उनका अनुसार ‘बगान’ चलचित्र यही असार २९ गतेदेखि देशभर प्रदर्शन हुँदैछ ।
‘हामी अझै पनि पुरुषको दबदबा भएको समाजमा छौं, बिबाह भएको कुनै व्यक्तिको श्रीमतिको मृत्यु भयो भने, अर्को बिहे गर्न सोच्न तर्फ हतार गर्ने समाजमा छौं हामी’, खनालले भने, ‘त्यही समाजमा श्रीमानको मृत्यु भएको भयो भने ति विधुवा श्रीमतिको बारेमा सोच्ने कोही हुँदैन त्यस्तो समाजमा हामी छौं ।’
समाजमा एक विधुवा महिलाले कसरी संघर्ष गरेकी छिन् । समाजमा कस्तो शिक्षा हामीले सिकाउनुपर्छ भनेर चलचित्रमा जोड दिएको निर्देशक खनालले बताए ।
नेपाली हलमा नेपाली कथा नै दर्शकहरुले खोजेकाले नेपाली समाजको कथा नै चलचित्रमा जाडेको खनाले सुनाए ।
‘तीन हप्तापछि म जारी चलचित्र हेर्न गए, दर्शकको नजरमा जारी चलचित्रको पर्नुको मुख्य आर्कषण समाजको कथा थियो’, उनले भने, ‘समाजको सानो सानो कथाले दर्शकलाई छोएको छ, त्यसैले दर्शकहरुले नेपाली समाजमा नै निर्माण भएको चलचित्र खोजको छन् ।’
यस्तै अभिनेत्री तथा बगान चलचित्रका नायिका करिश्मा मानन्धरले चलचित्रमा लगानी मात्र नभएर सबै क्षेत्रलाई समेत्न सके मात्र सफल हुने बताईन् ।
‘चलचित्रमा लगानी गरेर मात्र हुँदैन, सबै क्षेत्रलाई जोड्न सके मात्र हामी सफल हुने हो’, उनले भनिन्, ‘चलचित्रमा हिरोजम मात्र चल्छ भन्ने हुदैन कथालाई सबैसँग जोड्न सफल हुन सकिन्छ ।’
नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले, निर्देशक सरोज खनाल, नायिका करिश्मा मानन्धर, प्रमिला कार्की आइतबार पोखरा आएका हुन् ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

